सुनको मूल्यमा निरन्तर वृद्धि: आज प्रतितोला ३ लाख ५ हजार ५०० पुग्यो
काठमाडौँ, २७ माघ । नेपाली बजारमा सुनको मूल्यमा वृद्धि हुने क्रम मंगलबार पनि जारी रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्यमा प्रतितोला ९०० रुपैयाँको बढोत्तरी भएको हो ।
महासङ्घले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ५०० रुपैयाँ निर्धारण गरेको छ । यसअघि सोमबार सुन प्रतितोला ३ लाख ४ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
सुनको मूल्य बढे पनि चाँदीको मूल्यमा भने आज सामान्य गिरावट देखिएको छ । सोमबार प्रतितोला ५ हजार २५० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घटेर ५ हजार २४० रुपैयाँ कायम भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा भइरहेको मूल्य वृद्धि र उतारचढावका कारण स्थानीय बजारमा पनि त्यसको प्रत्यक्ष असर देखिएको महासङ्घले जनाएको छ ।