आजको विदेशी मुद्राको विनिमय दर यस्ताे छ : डलर र युरोको मूल्यमा सामान्य फेरबदल

काठमाडौँ, २ फागुन । नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलर, युरोपियन युरो र बेलायती पाउण्ड स्ट्रलिङको मूल्यमा अघिल्लो दिनको तुलनामा सामान्य उतारचढाव देखिएको छ ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा कायम गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७१ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३२ पैसा तोकिएको छ ।

बेलायती मुद्रा पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपैयाँ ९६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ७७ पैसा रहेको छ । त्यस्तै, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको छ ।

अन्य प्रमुख मुद्राहरू:
अष्ट्रेलियन डलर: खरिद १०२ रुपैयाँ ०६ पैसा, बिक्री १०२ रुपैयाँ ४८ पैसा ।
क्यानेडियन डलर: खरिद १०६ रुपैयाँ २६ पैसा, बिक्री १०६ रुपैयाँ ७० पैसा ।
सिङ्गापुर डलर: खरिद ११४ रुपैयाँ ४९ पैसा, बिक्री ११४ रुपैयाँ ९६ पैसा ।
जापानी येन (१०): खरिद ९ रुपैयाँ ४३ पैसा, बिक्री ९ रुपैयाँ ४७ पैसा ।
चिनियाँ युआन: खरिद २० रुपैयाँ ९५ पैसा, बिक्री २१ रुपैयाँ ०३ पैसा ।

वैदेशिक रोजगारीमा रहेका र रेमिट्यान्स पठाउने नेपालीहरूका लागि महत्त्वपूर्ण मानिने खाडी मुलुकका मुद्रा र अन्य देशको विनिमय दर आज यसप्रकार छ:
साउदी रियाल: खरिद ३८ रुपैयाँ ५९ पैसा, बिक्री ३८ रुपैयाँ ७५ पैसा ।
कतारी रियाल: खरिद ३९ रुपैयाँ ७१ पैसा, बिक्री ३९ रुपैयाँ ८७ पैसा ।
यूएई दिराम: खरिद ३९ रुपैयाँ ४० पैसा, बिक्री ३९ रुपैयाँ ५६ पैसा ।
मलेसियन रिङ्गेट: खरिद ३७ रुपैयाँ ०४ पैसा, बिक्री ३७ रुपैयाँ १९ पैसा ।
कुवेती दिनार: खरिद ४७४ रुपैयाँ २६ पैसा, बिक्री ४७६ रुपैयाँ २२ पैसा ।
दक्षिण कोरियन वन (१००): खरिद १० रुपैयाँ, बिक्री १० रुपैयाँ ०४ पैसा ।

नेपाली बजारमा भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत रहेको छ ।