सुनको मूल्य स्थिर, चाँदी तोलामा १३० रुपैयाँले बढ्यो
काठमाडौँ, १३ फागुन । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको भाउ उकालो लागेको छ । मङ्गलबारको तुलनामा आज चाँदी प्रतितोला १३० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ लाख १४ हजार ८०० रुपैयाँ कायम भएको छ । हिजो (मङ्गलबार) पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । यसअघि सोमबार भने सुन प्रतितोला ३ लाख १३ हजार ५०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने बढेर प्रतितोला ५ हजार ७१५ रुपैयाँ पुगेको छ । मङ्गलबार चाँदी प्रतितोला ५ हजार ५८५ रुपैयाँ र सोमबार ५ हजार ५९५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज विश्व बजारमा सुन प्रतिऔँस ५ हजार १८० अमेरिकी डलर र चाँदी प्रतिऔँस ८९ डलरमा कारोबार भइरहेको छ । अन्तर्राष्ट्रिय बजारमा हुने यिनै कारोबारका आधारमा नेपालमा पनि सुनचाँदीको दैनिक मूल्य निर्धारण हुने गर्दछ ।