जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता : ५० निर्वाचन क्षेत्रको गणना हुँदा राप्रपा पहिलोपटक अगाडि

जुम्ला, २२ फागुन । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी रहँदा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सुखद सुरुवात गरेको छ। देशभरका ५० भन्दा बढी निर्वाचन क्षेत्रमा मतगणना भइरहँदा राप्रपाले पहिलोपटक जुम्लाबाट अग्रताको खाता खोलेको हो।

जुम्लामा राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले सुरुवाती अग्रता लिनुभएको छ। उहाँलाई नेपाली कम्युनिष्ट पार्टी (नेकापा) का उम्मेदवारले पछ्याइरहनुभएको छ।
पछिल्लो मत परिणाम (३०० मत गणना हुँदा):
ज्ञानेन्द्र शाही (राप्रपा): १३५ मत
नरेश भण्डारी (नेकापा): १०३ मत
दीपबहादुर शाही (नेपाली कांग्रेस): २५ मत
शान्तिलाल महत (नेकपा एमाले): २३ मत
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा): २ मत
बदर मत: १०
जुम्लामा मुख्य प्रतिस्पर्धा राप्रपा र नेकपाबीच देखिएको छ भने नेपाली कांग्रेस र नेकपा एमालेका उम्मेदवारहरू सुरुवाती चरणमा निकै पछाडि देखिएका छन्। रास्वपाको उपस्थिति यस क्षेत्रमा निकै कमजोर देखिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *