विदेशी मुद्राको विनिमय दर यस्ताे छ : अमेरिकी डलरको भाउ १४८ रुपैयाँ नाघ्यो

काठमाडौँ, २६ फागुन । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। केन्द्रीय बैंकले निर्धारण गरेको नयाँ दरअनुसार आज अमेरिकी डलरको भाउमा वृद्धि भई बिक्रीदर १४८ रुपैयाँ माथि पुगेको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ४३ पैसा र बिक्रीदर १४८ रुपैयाँ ०३ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७० रुपैयाँ ४१ पैसा र बिक्रीदर १७१ रुपैयाँ ११ पैसा कायम भएको छ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ७५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा तथा स्वीस फ्रयाङ्क १ को खरिददर १८९ रुपैयाँ १९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ९६ पैसा रहेको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने खाडी मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिददर ३९.२७ र बिक्रीदर ३९.४३ रुपैयाँ
कतारी रियाल १: खरिददर ४०.३४ र बिक्रीदर ४०.५० रुपैयाँ
युएई दिराम १: खरिददर ४०.१४ र बिक्रीदर ४०.३० रुपैयाँ
मलेसियन रिङ्गेट १: खरिददर ३७.२० र बिक्रीदर ३७.३५ रुपैयाँ
कुवेती दिनार १: खरिददर ४८१.२५ र बिक्रीदर ४८३.२१ रुपैयाँ
बहराइन दिनार १: खरिददर ३९०.५४ र बिक्रीदर ३९२.१३ रुपैयाँ

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ३१ पैसा र बिक्रीदर २१ रुपैयाँ ४० पैसा पुगेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ४२ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८४ पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०९ रुपैयाँ ३६ पैसा तथा सिङ्गापुर डलर १ को खरिददर ११५ रुपैयाँ १५ पैसा र बिक्रीदर ११५ रुपैयाँ ६२ पैसा निर्धारण गरिएको छ। छिमेकी मुुलुक भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।