राष्ट्रपति पौडेल र प्रधानन्यायाधीश राउतबीच शीतल निवासमा भेटवार्ता

काठमाडौं, १६ चैत । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबीच सोमबार भेटवार्ता भएको छ। आफ्नो पदावधि सकिनै लाग्दा प्रधानन्यायाधीश राउतले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेट गरेका हुन्।

प्रधानन्यायाधीश राउतको कार्यकाल यही चैत १८ गतेबाट सकिँदैछ। आफ्नो अवकाशको पूर्वसन्ध्यामा उनले राष्ट्रपतिसँग भेटवार्ता गरेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *