विदेशी मुद्राको विनिमय दर यस्ताे छ, कति पुग्याे अमेरिकी डलरको भाउ ?

काठमाडौँ, १९ चैत । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक गरेको नयाँ विनिमय दरअनुसार आज अमेरिकी डलरको बिक्रीदरले १५२ रुपैयाँको विन्दु पार गरेको छ भने युरो र पाउण्ड स्ट्रलिङको मूल्यमा पनि वृद्धि देखिएको छ।

राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०४ पैसा तोकिएको छ। त्यस्तै, युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ६६ पैसा र बिक्रीदर १७६ रुपैयाँ ३६ पैसा कायम भएको छ।

यसैगरी, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४० पैसा पुगेको छ भने स्वीस फ्रयाङ्क १ को खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८५ पैसा रहेको छ।

वैदेशिक रोजगारीका प्रमुख गन्तव्य मानिने मुलुकहरूको मुद्राको भाउ यस प्रकार छ:
साउदी रियाल १: खरिद ४० रुपैयाँ ३५ पैसा र बिक्री ४० रुपैयाँ ५१ पैसा।
कतारी रियाल १: खरिद ४१ रुपैयाँ ५४ पैसा र बिक्री ४१ रुपैयाँ ७० पैसा।
युएई दिराम १: खरिद ४१ रुपैयाँ २४ पैसा र बिक्री ४१ रुपैयाँ ४० पैसा।
मलेसियन रिङ्गेट १: खरिद ३७ रुपैयाँ ६१ पैसा र बिक्री ३७ रुपैयाँ ७६ पैसा।
कुवेती दिनार १: बिक्री ४९५ रुपैयाँ ६५ पैसा।
बहराइन दिनार १: बिक्री ४०२ रुपैयाँ ७० पैसा।

त्यस्तै, जापानी येन १० को खरिददर ९ रुपैयाँ ५५ पैसा र बिक्रीदर ९ रुपैयाँ ५९ पैसा कायम हुँदा चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ०३ पैसा र बिक्रीदर २२ रुपैयाँ १२ पैसा पुगेको छ। दक्षिण कोरियन वन १०० को खरिददर १० रुपैयाँ ०६ पैसा र बिक्रीदर १० रुपैयाँ १० पैसा रहेको छ।

अष्ट्रेलियन डलर १ को खरिददर १०५ रुपैयाँ २१ पैसा र बिक्रीदर १०५ रुपैयाँ ६१ पैसा तथा क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ९८ पैसा र बिक्रीदर १०९ रुपैयाँ ४२ पैसा निर्धारण गरिएको छ। छिमेकी मुुलुक भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा यथावत छ।