राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. गुणाकर भट्ट नियुक्त
काठमाडौं, २४ चैत्र । नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा. गुणाकर भट्ट राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा नियुक्त भएका छन् ।
मंगलबार सम्पन्न मन्त्रिपरिषद् बैठकले डा. भट्टलाई योजना आयोगको उपाध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो । डा. भट्टले केही समयअघि मात्रै राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका थिए । राष्ट्र बैंकबाट अवकाश पाएलगत्तै सरकारले उनलाई योजना आयोगको नेतृत्व सुम्पेको हो ।