महानिरीक्षक पौडेलले लगाए दर्ज्यानी चिह्न
काठमाडौँ, २१ वैशाख । सशस्त्र प्रहरी बल नेपालका नवनियुक्त महानिरीक्षक नारायणदत्त पौडेलले दज्र्यानी चिह्न लगाउनुभएका छन् ।
गृह मन्त्रालयमा आज आयोजित विशेष कार्यक्रममा गृह सचिव राजकुमार श्रेष्ठले महानिरीक्षक पौडेललाई दज्र्यानी चिह्न लगाइदिनुभएको हो ।
यही वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले अतिरिक्त महानिरीक्षक पौडेललाई महानिरीक्षक पदमा बढुवा गर्ने निर्णय गरेको थियो । तत्कालीन महानिरीक्षक राजु अर्यालले यही वैशाख १८ गतेदेखि अवकास पाउनुुभएको थियो ।