बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरणले मार्याे छापा

काठमाडौँ, २१ वैशाख । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र विभिन्न कार्यालयहरूमा छापा मारेको छ।

अवैध रूपमा सम्पत्ति आर्जन गरी लुकाएको आशङ्कामा विभागले सोमबार मुख्यमन्त्री बानियाँसँग सम्बन्धित स्थानहरूमा एकैसाथ खानतलासी गरेको हो।

विभागको टोलीले हेटौँडाको सानोपोखरास्थित उनको निवास र त्यहीँ रहेको ‘बानियाँ निर्माण सेवा (बीएनएस)’ को कार्यालयमा छापा मारी महत्त्वपूर्ण कागजातहरू नियन्त्रणमा लिएको छ। स्रोतका अनुसार, विभागले काठमाडौँको नक्साल र सुन्धारामा रहेका उनीसँग सम्बन्धित कार्यालयहरूमा पनि छापा मारेको हाे।

नेपाली कांग्रेस बागमती प्रदेशका सभापतिसमेत रहेका मुख्यमन्त्री बानियाँ केही वर्षअघिसम्म निर्माण व्यवसायमा सक्रिय थिए। हाल उनले निर्माण व्यवसाय छाडेको बताए पनि विभिन्न व्यावसायिक कम्पनीहरूमा उनको ठुलो लगानी रहेको बताइन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *