मध्यपहाडी लोकमार्गमा गुडिरहेको विद्युतीय गाडी दुर्घटना: १० यात्रु घाइते

पर्वत, २१ वैशाख । मध्यपहाडी लोकमार्गअन्तर्गत पर्वतको सदरमुकाम कुश्मा नजिकै आइतबार एक विद्युतीय सवारी (इलेक्ट्रिक भेहिकल) दुर्घटना भएको छ । म्याग्दीको सदरमुकाम बेनीबाट पोखरातर्फ जाँदै गरेको ग १ ज ८६७५ नम्बरको गाडी कुश्मा नगरपालिकाको माझमेलामा दुर्घटनामा परेको हो ।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक दिनेश पौडेलका अनुसार तीव्र गतिमा गुडिरहेको गाडी सडकमा चिप्लिएर नालीमा खसेको थियो । दुर्घटनामा चालकसहित १० जना घाइते भएका छन् ।

प्रहरीका अनुसार दुर्घटनामा घाइते हुनेहरूमा निम्न व्यक्तिहरू रहेका छन्:
देवी खत्री (६० वर्ष), बेनी–४, म्याग्दी
लालवीर दमै (५५ वर्ष), पोखरा–१३, कास्की
सीता परियार (२५ वर्ष), पोखरा–१३, कास्की
सुशीला थापा (३८ वर्ष), पोखरा–१०, कास्की
लिला थापा (५० वर्ष), पोखरा–१०, कास्की
लिला परियार (३८ वर्ष), जलजला–२, पर्वत
दिप्सन परियार (८ वर्ष), जलजला–२, पर्वत
विष्णु दमै (४९ वर्ष)
सुस्मिता दमै (१९ वर्ष)

घाइते सबैको पर्वत अस्पताल (प्रादेशिक अस्पताल) मा उपचार भइरहेको छ । घाइतेहरूको अवस्था मध्यम रहेको र अधिकांशको टाउको, हात तथा खुट्टामा चोट लागेको चिकित्सकहरूले बताएका छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *