क्रोएसियालाई २–१ गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपको प्रि–क्वाटरफाइनलमा
काठमाडौं, १९ असार । क्रोएसियालाई २–१ गोलले हराउँदै पोर्चुगल फिफा विश्वकपको प्रि–क्वाटरफाइनल अर्थात अन्तिम १६ मा प्रवेश गरेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि ५३ औं मिनेटमा इभान पेरिसिचले गोल गर्दै क्रोएसियालाई सुरुआती अग्रता दिलाएका थिए । तर, त्यसको १५ मिनेटपछि अर्थात ६८ औं मिनेटमा पोर्चुगलले पेनाल्टी पायो । त्यो अवसरलाई सदुपयोग गर्दै कप्तान क्रिस्टियानो रोनाल्डोले गोल गरेर बराबरीमा ल्याए ।
यो रोनाल्डोको विश्वकप इतिहासमै नकआउट चरणमा पहिलो गोल पनि थियो। खेल सकिनै लाग्दा ९०ं४ मिनेटमा गोन्कालो रामोसले गोल गर्दै पोर्चुगललाई बराबरीमा ल्याए।
त्यसपछि अन्तिमतिर क्रोएसियाका वैकल्पिक खेलाडी होस्को भार्डिओलले गोल गर्दै खेल २–२ मा ल्याएका थिए। तर, भीएआर समीक्षापछि उनी अफसाइड ठहरिएपछि पोर्चुगलले अन्तिम १६ मा स्थान पक्का बनायो । अब पोर्चुगलले स्पेनको सामना गर्नेछ भने २०१८ को फाइनलिस्ट क्रोएसिया भने प्रतियोगिताबाट बाहिरिएको छ।
