सुनको मूल्य एकैदिन तोलामा ८ हजार र चाँदी ९५ रुपैयाँले बढ्यो

काठमाडौँ, २१ साउन । नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्य प्रतितोला रु आठ हजार र चाँदीको मूल्य प्रतितोला रु ९५ ले बढेको हो।

महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु दुई लाख ९६ हजार निर्धारण गरिएको छ। अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला रु दुई लाख ८८ हजार रहेको थियो।

यसैगरी, चाँदीको मूल्य पनि अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला रु ९५ ले बढेर रु चार हजार ५७० पुगेको छ। यसअघि चाँदी प्रतितोला रु चार हजार ४७५ मा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस चार हजार २६५ अमेरिकी डलर र चाँदी प्रतिऔँस ६२ अमेरिकी डलरमा कारोबार भइरहेको सञ्चारमाध्यमहरूले जनाएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *