सुनचाँदीको मूल्य बढ्ने क्रम जारी: सुन तोलामा ३,३०० र चाँदी १३० रुपैयाँले बढ्यो

काठमाडौँ, ५ भदौ । नेपाली बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्यमा वृद्धि भएको छ। हिजो बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला रु तीन हजार ३०० र चाँदीको मूल्य प्रतितोला रु १३० ले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आजका लागि छापावाल सुनको मूल्य प्रतितोला रु तीन लाख १६ हजार ७०० निर्धारण गरिएको छ। यस्तै, असली चाँदीको मूल्य प्रतितोला रु चार हजार ९८५ तोकिएको छ।

हिजो बिहीबार छापावाल सुन प्रतितोला रु तीन लाख १३ हजार ४०० र असली चाँदी प्रतितोला रु चार हजार ८५५ मा कारोबार भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *