बिहीबार सुनचाँदीको मूल्य घट्यो, कतिमा भयाे काराेबार ?

काठमाडौँ, ८ असोज । बिहीबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले यस दिनका लागि सुनको मूल्य प्रतितोला दुई लाख ९९ हजार १०० रुपैयाँ तोकेको छ।

अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला तीन हजार २०० रुपैयाँले घटेको हो। अघिल्लो दिन सुनको मूल्य तीन लाख दुई हजार ३०० रुपैयाँ थियो।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १६५ रुपैयाँले घटेको छ। अघिल्लो दिन प्रतितोला चार हजार ८१५ रुपैयाँमा कारोबार भएको चाँदी आज चार हजार ६५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *