जर्मनीको बर्लिनमा वामपन्थी दल ‘द लेफ्ट’ को ऐतिहासिक जित: आप्रवासी मूलकी एलिफ एरल्प बर्लिनको पहिलो महिला मेयर बन्ने निश्चित

 

बर्लिन ।  पूर्वी जर्मनीका विभिन्न राज्यहरूमा सुदूर-दक्षिणपन्थी  राजनीतिक दल ‘अल्टरनेटिभ फर जर्मनी’) को प्रभाव र लोकप्रियता तीव्र रूपमा बढिरहेका बेला देशको राजधानी बर्लिनमा भने वामपन्थी दल ‘द  ले ऐतिहासिक र अभूतपूर्व जित हासिल गरेको छ।

आइतबार सम्पन्न राज्यस्तरीय निर्वाचनमा ‘द लेफ्ट’ ले कुल मतको २५.७ प्रतिशत प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको छ। यस जितसँगै टर्की मूलकी ३९ वर्षीया नेतृ एलिफ एरल्प  बर्लिनको इतिहासमै पहिलो आप्रवासी पृष्ठभूमि भएकी र ‘द लेफ्ट’ पार्टीबाट पहिलो मेयर बन्ने मार्गप्रशस्त भएको छ।

बढ्दो महँगी, घरभाडा नियन्त्रण र सामाजिक अधिकार मुख्य एजेन्डा

बर्लिनमा तीव्र रूपमा बढिरहेको घरभाडा, आवासको चरम अभाव र महँगीका बिच ३० वर्षमुनिका युवा, साना व्यवसायी र आप्रवासी समुदायले वामपन्थी दललाई व्यापक समर्थन गरेका छन्।

एरल्पले चुनाव प्रचारका क्रममा मुख्य गरी निम्न एजेन्डाहरू अघि सारेकी थिइन्:

  • आवास र घरभाडा नियन्त्रण: सहरमा अकासिएको घरभाडाको माथिल्लो सीमा  तोक्ने र ठूला कर्पोरेट घरधनीहरूका निजी आवासहरूलाई सार्वजनिक स्वामित्वमा ल्याउने ।

  • आप्रवासी र गैर-नागरिकको अधिकार: बर्लिनमा बसोबास गर्ने तर नागरिकता नभएका गैर-नागरिकहरूलाई पनि स्थानीय निकायको निर्वाचनमा मतदानको अधिकार दिलाउने।

  • सामाजिक कल्याण र सरसफाइ: घरबारविहीन र विपन्न समुदायका लागि सामाजिक बजेट बढाउने तथा सहरका फोहोर र उपेक्षित क्षेत्रहरूको सरसफाइमा ध्यान दिने।

प्रसारक संस्था ‘ZDF’ ले गरेको सर्वेक्षणअनुसार मेयरका उम्मेदवारहरूमध्ये एरल्पको व्यक्तिगत लोकप्रियता ३६ प्रतिशतसहित सबैभन्दा उच्च देखिएको छ।

एकातिर वामपन्थीको उत्सव, अर्कोतिर सुदूर-दक्षिणपन्थीको उभार

बर्लिनका कुल ३६ लाख बासिन्दाहरूमध्ये करिब आधा जनसङ्ख्या आप्रवासी पृष्ठभूमिका छन्, जसमा टर्की, अरब र युरोपका अन्य मुलुकका मानिसहरूको बाहुल्य छ।

बर्लिनमा वामपन्थीहरूले जितको उत्सव मनाइरहँदा आप्रवासीविरोधी एजेन्डा बोकेको सुदूर-दक्षिणपन्थी  पार्टीले पनि उल्लेख्य मत बढाएको छ। AfD ले बर्लिनमा १६ प्रतिशत मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको छ। सोही दिन पूर्वोत्तर राज्य ‘मेक्लेनबर्ग-भोर्पोमेर्न’ मा भएको चुनाव जित्दै AfD ले दुई साताभित्र दोस्रो राज्यमा जित हासिल गरेको छ।

यसैबिच, जर्मनीमा इजरायल-गाजा द्वन्द्वका क्रममा प्यालेस्टाइनको समर्थनमा बोलिने आवाजमाथि कडाइ भइरहेका बेला एरल्पको जितले प्यालेस्टिनी समुदाय तथा नागरिक अधिकारकर्मीहरूमाझ पनि नयाँ आशा जगाएको छ।

गठबन्धन सरकार गठनको चुनौती

ऐतिहासिक जित हासिल गरे तापनि ‘द लेफ्ट’ सँग संसद्मा स्पष्ट बहुमत भने छैन। त्यसैले सरकार गठनका लागि एरल्पले पूर्व सत्ताधारी दलहरू – सेन्टर-लेफ्ट ‘सोसल डेमोक्र्याट्स’ (SPD) र कन्जर्भेटिभ ‘क्रिश्चियन डेमोक्र्याटिक युनियनसँग गठबन्धन गर्नुपर्ने हुन्छ।

यद्यपि, SPD र CDU दुवै दलहरू एरल्पको कर्पोरेट आवास राष्ट्रियकरण गर्ने कडा नीतिको विपक्षमा रहेकाले सत्ता साझेदारीका लागि हप्तौँ वा महिनाौँसम्म जटिल वार्ता चल्न सक्ने र केही नीतिगत सम्झौताहरू गर्नुपर्ने विश्लेषकहरूको भनाइ छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *