प्रधानमन्त्री शाह स्वदेश फिर्ता
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा
काठमाडौँ, असोज १० । प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी भई आज स्वदेश फर्कनुभएको छ ।
प्रधानमन्त्री शाहलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, गृहमन्त्री सुधन गुरुङ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले स्वागत गर्नुभयो ।
प्रधानमन्त्री शाह नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन असोज ६ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क प्रस्थान गर्नुभएको थियो । प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार कुमार ब्यञ्जनकार तथा परराष्ट्र सचिव अमृतबहादुर राईलगायत सहभागी हुनुहुन्थ्यो ।
यसैबीच, प्रधानमन्त्री शाहभन्दा अघि नै न्युयोर्क प्रस्थान गर्नुभएका परराष्ट्रमन्त्री खनाल भने महासभाअन्तर्गतका विभिन्न कार्यक्रममा सहभागी भइरहनुभएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री शाहले शुक्रबार महासभालाई सम्बोधन गर्दै जलवायु न्यायलाई संयुक्त राष्ट्रसङ्घका दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित राख्न नहुने बताउनुभएको थियो । उहाँले जलवायुजन्य विपद्पछि प्रभावित देशका नागरिकलाई पटकपटक विगतको पुनर्निर्माणमा मात्र सीमित नराखी आफ्नो भविष्य निर्माण गर्ने अवसर प्रदान गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
सम्बोधनका क्रममा उहाँले गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट भएको जनधनको क्षतिबारे जानकारी गराउँदै उक्त विपद् स्थानीय त्रासदी मात्र नभई विश्वका लागि चेतावनीसमेत भएको उल्लेख गर्नुभएको थियो ।
जलवायु परिवर्तनले भौगोलिक सीमा नचिन्ने उल्लेख गर्दै प्रधानमन्त्री शाहले “हिमनदी र बाढीले ‘पासपोर्ट’मा ‘भिसा’ लगाएर यात्रा गर्दैनन्” भन्नुभएको थियो । उहाँले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालय जलवायु उत्थानशीलता संयन्त्र’ स्थापना गर्न प्रस्तावसमेत गर्नुभएको थियो ।
भ्रमणका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग बिहीबार भेटवार्ता गर्नुभएको थियो । भेटमा महासचिव गुटेरेसले भोटेकोशी बाढीबाट भएको जनधनको क्षतिप्रति समवेदना व्यक्त गर्दै जलवायु परिवर्तनसम्बन्धी विषयमा संयुक्त राष्ट्रसङ्घ नेपालसँग ऐक्यबद्ध रहेको बताउनुभएको थियो ।
प्रधानमन्त्री शाहले नेपालप्रति महासचिव गुटेरेसले देखाउँदै आउनुभएको सद्भावका लागि धन्यवाद दिँदै उहाँको सफल कार्यकालका लागि बधाई दिनुभएको थियो ।
ट्रेन्डिङ
सबै
१
४
जुडोमा पुनम श्रेष्ठ पराजित, प्रतियोगिताबाट बाहिरिइन्
५
कांग्रेसको १५औँ महाधिवेशन सर्यो, असोज १८ देखि हुने
६
सम्बन्धित खबर
एआई-सञ्चालित मध्यम दूरीको रणनीतिक मिसाइल परीक्षण गरेको उत्तर कोरियाको दाबी
प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग्दै भारतमा ‘ककरोच’ प्रदर्शनकारीहरू पुनः सडकमा
चीनलाई २८ वर्षपछि एसियाली खेलकुद फुटबलमा पदक: ‘युवा पुस्ताको भविष्य उज्ज्वल छ’ : प्रशिक्षक पुचे
कांग्रेसको १५औँ महाधिवेशन भोलि खुलामञ्चमा, ७ हजार ५०० प्रतिनिधि सहभागी हुने
तेल अवीभतर्फ उडिरहेको ‘फ्लाईदुबई’ विमान आक्रमणका शङ्कास्पद सह-चालकको आतङ्कवादी पृष्ठभूमि
