पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नुको यस्तो रहेछ कारण

काठमाडौं, ११ असोज । पूर्व प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई पक्राउ गर्नुको कारणबारे प्रहरीले उहाँको सुरक्षा गर्नुपर्ने कारण देखाएको छ । उहाँलाई गएराति प्रहरीले सुरक्षा नियन्त्रणमा लिएको थियो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयले उहाँलाई महाराजगन्ज स्थित निवासबाटै नियन्त्रणमा लिएको थियो । डीएसपी नेतृत्वको टोलीले उहाँलाई विना पक्राउपुर्जी पक्राउ गरेको थियो । अहिले प्रहरीले उहाँलाई‘आक्रमण हुनसक्ने’ सूचना आएपछि सुरक्षाको लागी प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिएको छ ।

प्रहरी स्वयंले पनि पूर्व प्रधानन्यायाधीशविरुद्ध कुनै उजुरी नपरेको भन्दै जेनजी युवाहरूबाट राति नै आक्रमण हुनसक्ने जनकारी पाएपछि नियन्त्रणमा ल्याएको जानकारी दिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *