सुनको मूल्य फेरि बढ्यो, चाँदीकाे कति पुग्याे ?
काठमाडौं, २१ असाेज । स्थानीय बजारमा बुधबार सुनचाँदीको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य प्रतितोला ८०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १० रुपैयाँ बढेको हो।
बुधबार छापावाल सुन प्रतितोला २ लाख ९२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला २ लाख ९१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँ बढेर ४ हजार ४२५ रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला ४ हजार ४१५ रुपैयाँमा कारोबार भएको थियो।
यससँगै बुधबार स्थानीय बजारमा सुन र चाँदी दुवैको मूल्यले अघिल्लो दिनको तुलनामा उकालो यात्रा तय गरेको छ।
