न्यायक्षेत्रका विकृति र सवाल सुल्झाउन नेपाल बार सक्रिय: श्रेष्ठको संयोजकत्वमा समिति गठन

काठमाडौँ, १७ कात्तिक ।  नेपाल बार एसोसिएसनले न्यायक्षेत्रमा पछिल्ला दिनहरूमा उठेका विविध सवाल तथा समसामयिक विषयमा अध्ययन गर्न एक विशेष समिति गठन गरेको छ।

बारका पूर्वअध्यक्ष चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा गठित उक्त समितिमा सर्वोच्च अदालत बार एसोसिएसनका पूर्वअध्यक्ष पूर्णमान शाक्य, नेपाल बारका पूर्वउपाध्यक्षद्वय उषा मल्ल पाठक र सुरेन्द्रकुमार महतो तथा पूर्वसदस्य चन्द्रप्रसाद काफ्ले सदस्य रहेका छन्। समितिको सदस्य सचिवमा भने नेपाल बारका केन्द्रीय सदस्य बाबुराम अर्याललाई जिम्मेवारी दिइएको छ।

बारको कार्यसमिति र सल्लाहकार समितिको संयुक्त बैठकले न्यायपालिकाको वर्तमान अवस्था र समसामयिक विषयमा अध्ययन गर्ने निर्णय गरेको हो।

गठित समितिले हाल न्यायालयका सम्बन्धमा उठेका टिप्पणी तथा गुनासाहरूको तथ्य सङ्कलन गर्नेछ। साथै समग्र न्याय क्षेत्रको सुधार र उन्नयनका लागि अपनाउनुपर्ने कदमबारे अध्ययन गरी एक महिनाभित्र विस्तृत सुझाव प्रतिवेदन पेस गर्ने समयसीमा दिइएको नेपाल बारका महासचिव केदारप्रसाद कोइरालाले जानकारी दिनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *