मलेखु–मुग्लिन सडक आज पनि दुई घण्टा बन्द हुने
काठमाडौँ, १७ कात्तिक । पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिन सडकखण्ड आज बिहान दुई घण्टा बन्द हुने भएको छ ।
मझिमटारमा निर्माणाधीन आकाशे पैदल पुलको यात्रु आवागमन गर्ने भाग राख्ने काम बाँकी रहेकाले सडक बन्द गर्न लागिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।
कार्यालयका अनुसार आज बिहान ९ बजेदेखि ११ बजेसम्म पुल निर्माणको काम हुनेछ । यस अवधिमा सबै प्रकारका सवारीसाधनको आवागमन पूर्ण रूपमा बन्द गरिने प्रशासनले सूचनामार्फत जनाएको छ ।
