नवनियुक्त प्रहरी महानिरीक्षक मनोज केसीले आजै पदभार ग्रहण गर्ने
काठमाडौं, १८ कात्तिक । नवनियुक्त नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) डा. मनोज केसीले आजै पदभार ग्रहण गर्ने भएका छन्।
केसीले केहीबेरपछि गृह मन्त्रालयमा फूली लगाएर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको हो।
आज बसेको मन्त्रिपरिषद् बैठकले केसीलाई नेपाल प्रहरीको महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको थियो।
यसअघि सरकारले दानबहादुर कार्कीलाई महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको छ।
