तिहार बिदामा पनि आयल निगमका डिपो खुला रहने

पेट्रोलियम पदार्थ

काठमाडौँ, कात्तिक २० । तिहार तथा दीपावलीका अवसरमा सार्वजनिक बिदा भए पनि पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन नेपाल आयल निगमका देशभरका विभिन्न डिपो खुला रहने भएका छन् ।

उपभोक्तालाई पेट्रोलियम पदार्थको अभाव हुन नदिन स्थानीय आवश्यकताका आधारमा निगमका डिपो तथा प्रादेशिक कार्यालय सञ्चालनमा राख्ने व्यवस्था गरिएको निगमले जनाएको छ ।

निगमका प्रवक्ता मनोजकुमार ठाकुरका अनुसार विराटनगर, अमलेखगन्ज, थानकोट, पोखरा, भैरहवा, सुर्खेत, धनगढी, नेपालगन्ज, दाङ, जनकपुर, चारआली, वीरगन्ज र दिपायलस्थित डिपो तथा प्रादेशिक कार्यालय सार्वजनिक बिदाका दिनमा समेत खुला रहनेछन् ।

उहाँले चाडपर्वका समयमा पेट्रोलियम पदार्थको माग र उपभोक्ताको आवश्यकतालाई ध्यानमा राखेर आपूर्ति व्यवस्थापनलाई निरन्तरता दिन यस्तो व्यवस्था गरिएको जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *