यसरी दबाब दिएर सरुवा गर्लान् भन्ने सोचेको थिइन : मैनाली
नौ महिनाअघि निर्वाचन आयोगमा गएर स्थानीय तह निर्वाचनका आर्थिक र प्राविधिक पक्षको नेतृत्व गरेका सचिव गोपिनाथ मैनाली दोस्रो चरणको निर्वाचनको मतदान केही दिनमात्र बाँकी रहँदा काज सरुवा भएका छन्। निर्वाचन आचारसंहिता लागू भएपछि अन्य क्षेत्रमा समेत सरुवा रोक्ने आयोगका आयुक्तहरुकै लिखित आग्रहमा मन्त्रिपरिषद्ले सचिव मैनालीको काज सरुवा गरेको हो। सरुवाबारे मैनालीको कथन :
संवैधानिक आयोगहरु राजनीतिक हस्तक्षेपमा परेका कुरा आउँछन्। संवैधानिक आयोगभित्र पनि पदाधिकारी र कर्मचारीबीच द्वन्द्वका कुरा आउँछन्। यो कस्तो द्वन्द्व हो ?
संवैधानिक आयोगलाई राजनीतिक क्षेत्रले काम गर्न दिएन भन्ने विवाद चैँ अलिक पहिलाको हो, अहिलेको होइन। अहिले संवैधानिक आयोगहरु स्वायत्त भएर काम गरिरहेको अवस्था छ। लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परिक्षक, निर्वाचन आयोग, राष्ट्रिय मानव अधिकार आयोग त्यसरी नै काम गरिरहेका छन्।
मुख्य कुरा कुनै पनि संस्थाको नेतृत्वमा कस्तो मान्छे छ त्यो महत्वपूर्ण हुँदो रहेछ। उसको हाइट कत्तिको छ, उसको क्षमता र नैतिकताको बल कति छरु त्यसैले संस्थाको आर्जित स्वायत्ततालाई काम गर्दागर्दै फराकिलो बढाउँदोरहेछ।
भोजराज पोखरेल हुँदाको निर्वाचन आयोग, उमेश मैनाली आएपछिको लोकसेवा आयोग, कुनै बेलाको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेरौँ न।
मानव अधिकार आयोगको त सँधै राम्रै नेतृत्व छ। किनभने त्यहाँ सधै ुचिफ जस्टिसु नै जानुभएको छ। त्यसैले संस्थामा राजनीतिक द्वन्द्व भन्दा अलिक बढी व्यक्तिको क्षमताले काम गर्दो रहेछ। संस्थालाई त नीति र नेतृत्वले गाइड गर्ने हो। हामीसँग नीतिहरु लगभग राम्रा बनेका छन्, बन्ने क्रममा पनि छन्। तर कतिपय अवस्थामा नेतृत्व सोचेको जस्तो नआउँदा स्वयम् संस्थाको गरिमा र प्रतिस्ठामा आघात पर्दो रहेछ। त्यसैले संवैधानिक आयोगमा नियुक्ति गर्दा संविधानले राखेका शर्तहरु छन्। उच्च नैतिक चरित्र कायम भएको व्यक्ति भनेको छ संविधानले। त्यसको आसय एउटा हाइली मोरल ग्राउण्ड भएको, कसैले प्रश्न उठाउन नसक्ने, सबैबाट परिक्षित भएको व्यक्ति आओस् भन्ने हो। त्यस्तो व्यक्ति नेतृत्वमा आयो भने एउटा संवैधनिक आयोग वा निकाय मात्र हैन, अन्य संस्था पनि राम्रो हुन्छ। हामीकहाँ त्यो छैन त्यो भइरहेको छैन। त्यही कारण संस्थाहरुको गरिमा अलिक खस्किएको हो।
व्यक्ति राम्रो हुँदा(हुँदै सबैलाई आचारसंहिताका आधारमा सरुवा बढुवा रोक्ने निर्वाचन आयोग आफै निर्वाचनको चार पाँच दिन अघि त्यही विषयमा गिजोलियो नि त।
पहिलो कुरा त आचार संहिता भनेको नैतिक धरातल भएका व्यक्तिहरुका लागि हो। नैतिक धरातल जस्को उच्च छ, तिनीहरुले यसको बढी परिपालना गर्छन्। निर्वाचन आयोगमा आचारसंहिता परिपालनाका विषयमा हामीले त राम्रै गरी हेरेका थियौँ। मेरै विषयवस्तुमा किन यस्तो भयो मलाई थाहा छैन।
जहाँसम्म मेरो कुरा छ। मेरो व्यक्तिगत कुरामा त म आचार संहिता समितिको सदस्य पनि हुँ। त्यो हेर्ने सदस्य बाहिर गएकाले कतिपय अवस्थामा म आफै संयोजक भएर पनि काम गरेको छु। उहाँ जिल्ला अनुगमनमा जानुभएकाले यो बेला आचार संहिताको कार्यान्वयन कसरी भएको होला मलाई सरुवा गर्ने ?
उहाँहरुले मौखिक स्वीकृति लिएको छ भन्नुभएको रहेछ। यो सरासर झुट कुरा हो। उहाँहरुले मलाई सरुवा गर्नुपर्छ भनेर सम्माननीय प्रधानमन्त्रीलाई चिट लेखेर दिनुभएको रहेछ। म भइरहेँ भने चुनावलाई असहयोग हुन्छ भनेर पनि भन्नुभएको रहेछ। मैले आफै पनि हेर्न पाएको छु त्यो। कुन व्यक्तिले लेखेर दिएको रहेछ भन्ने पनि थाहा पाएँ। तर मलाई के लागेको छ भने सामान्य आचार संहिताको परिपालना भन्दा ज्यादा महत्वपूर्ण एउटा प्रणाली निर्माण गर्ने कुरा हुन्छ।
तपाईले यही अवस्थामा सरुवा होइन्छ भनेर सोच्नुभएको थियो ?
मैले आजको दिनमा यसरी नै सरुवा गर्लान् भनेर सोचेको थिइनँ। किनभने म आयोग गएकै समयमा जो आयुक्त हुनुहुन्थ्यो, उहाँहरुले यो मान्छे हुँदैन भनिसक्नुभएको रहेछ मन्त्रिपरिषदमा। त्यसबेलाका मन्त्रिपरिषदकै एकजना उपप्रधानमन्त्रीले त्यो मान्छे त निक्कै ुइन्टिग्रिटीु भएको राम्रो हो भन्दिनुभएछ। त्यो बेला संरक्षण भएको रहेछ भनेर अहिले थाहा पाउँदा खुशी लागेको छ। त्यति मात्र बोलिदिँदा पनि संरक्षण हुँदो रहेछ।
म निकै ठूलो दबाबमा ऐतिहासिक जिम्मेवारी पूरा गर्नुपर्छ भनेर कम्मर कसेर निर्वाचन सफल गराउन लागेको हुँ। तत्कालीन प्रधानमन्त्री ९पुष्पकमल दाहाल० ज्युले ुतपाईहरुले गर्ने हो चुनाव, १५० दिन, १२० दिन नभन्नुस्, संविधान कार्यान्वयन तपाईँहरुले गर्ने हो जसरी पनि गर्नुस्, २४ घण्टा काम गर्नुस्, थप मान्छे ल्याएर गर्नुस्, जे गर्नुछ गर्नुस्। तर मुलुकलाई एउटा निकास दिनुछु भनेपछि माघ २० गतेबाट हामी अहोरात्र खटिएका छौँ। मैले मेरो परिवार भनेको छैन, मैले मेरो बच्चासँग कुरा गरेको छैन। मैले श्रीमतिलाई, दाजुभाइलाई समय दिएको छैन। त्यति गर्दा पनि म जतिबेला निन्द्रामा हुन्थे त्यसबेला पनि मसँग सपनामा अफिस हुन्थ्यो। मैले दिएको जिम्मेवारी पूरा गर्नुपर्छ भनेर यसो गरेको थिएँ। मेरो सचिवालयको टिमलाई त्यही भनेर कन्भिन्स गरेको थिएँ। सचिवालयको टिम त्यही स्पिरिटमा खटेको पनि थियो। सहकर्मी राष्ट्रसेवक कर्मचारीहरु हुनुहुन्छ। उहाँहरुलाई मैले ुहाइली मोटिभेटेडु बनाएर राखेँ। उनीहरुको मनोबल उच्च बनाउन ‘म छु तपाईँको पछाडि, काम गर्नुस्’ भनेँ। कतिपय राम्रा सहसचिवहरुलाई सरुवा गर्न लागिएको थियो। मैले मुख्यसचिवकोमा गएर रोके। मन्त्रीज्युकामा गएर रोके। मैले तीनवटा सहसचिवको सरुवा रोकेको छु।