भाटभटेनी सुपर मार्केका मालिक मीनबहादुर गुरुङ दुई करोड ४६ लाख रूपैयाँ धरौटी बुझाएर रिहा

काठमाडौं, २४ भदाै ।भाटभटेनी सुपर मार्केका मालिक मीनबहादुर गुरुङ ललितानिवास प्रकरणमा दुई करोड ४६ लाख धरौटी धरौटी रकम बुझाएर रिहा भएका छन्।

काठमाडौं जिल्ला अदालतले आइतबार गुरुङलाई दुई करोड ४६ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएसंगै धरौटी रकम जम्मा गरेर उनी आइतबार साँझ रिहा भएका हुन्।

जिल्ला अदालत स्रोतका अनुसार अरुणकुमार श्रेष्ठ भने धरौटी रकम बुझाउन नसकेर कारागार चलान भएका छन् ।

जिल्ला अदालत काठमाडाैंमा आइतबार ललितानिवास प्रकरणमा पक्राउ परेका १७ जनालाई धरौटीमा र एक जनालाई साधारण तारेखमा छाड्न आदेश दिएको थियो।​

अदालतले सबैभन्दा बढी भाटभटेनीका सञ्चालक गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी मागेको थियो । अन्यसँग एक लाख १० हजार रुपैयाँदेखि १५ लाख रुपैयाँसम्म धरौटी मागिएको थियो ।

सीआईबीले अनुसन्धान गरेपछि जिल्ला सरकारी वकिल कार्यालयले किर्ते कसुरमा उनीहरूमाथि मुद्दा चलाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *