माइतीघरमा प्रहरी र सहकारी पीडितबीच झडप
काठमाडौं, ५ मङ्सिर । माइतीघरमा सहकारी पीडितहरुको प्रदर्शनका क्रममा झडप भएको छ ।
सहकारी पीडितहरु माइतीघरमा जम्मा भएर बानेश्वरतर्फ जान लाग्दा प्रहरीले रोकेपछि झडप भएको हो ।
झडपकाबीच प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेकापछि प्रहरीले बलप्रयोग गर्दा तीनजना घाइते भएका छन् । निषेधित क्षेत्रमा प्रवेश गर्न लागेपछि प्रहरीले बल प्रयोग गरेको हो
सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान (महासंघ)को अगुवाइमा सहकारी पिडितहरू गठ्ठाघर, चावाहिल, पुल्चोक ललितपुर, कालिमाटी र सोहखुट्टे चोकबाट प्रदर्शन गर्दै माइतीघरमा भेला भएका थिए ।