सुनको मूल्यले फेरी बनायो नयाँ रेकर्ड: एकैदिन तोलामा २ हजारले बढेर २ लाख ५० हजार नाघ्यो
काठमाडौं, ३० असाेज । नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान कायम गर्दै अगाडि बढेको छ। आज सुनको मूल्य एकैदिन तोलामा २ हजार रुपैयाँले बढेर २ लाख ५० हजारको आँकडा पार गरेको हाे।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाला सुनको मूल्य तोलामा २ हजार रुपैयाँले वृद्धि भई २ लाख ५० हजार ९ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार सुनको मूल्य २ लाख ४८ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। आज चाँदी तोलामा ३५ रुपैयाँले बढेर ३ हजार २७५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य ३ हजार २ सय ४० रुपैयाँमा कारोबार भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउमा देखिएको वृद्धिको प्रत्यक्ष असर नेपाली बजारमा परेको व्यवसायीहरूले बताएका छन्। यसले उपभोक्ता र लगानीकर्ता दुवैमा अन्योल सिर्जना गरेको छ।