चुनाव केन्द्रित ‘लाईभ डिबेट’ को नयाँ नीतिमा ओली, दुर्वाच्य नीतिमा गठबन्धन

मोहन बास्तोला

काठमाडौँ, ५ कात्तिक । कात्तिक १ गते मध्यान्हतिर नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले ‘लाईभ डिबेट’ मा आउन आग्रह गरेको भन्दै एउटा सन्देश सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुभयो । गृहजिल्ला झापा जानु अघि उहाँले आफूलाई सामाजिक सञ्जालमा रहेका धेरै साथीहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग ‘लाईभ डिबेट’ मा आउन आग्रह गर्नु भएको उल्लेख गर्नुभएको थियो । ‘धेरैजसोले मेरो र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाजीबीच एजेण्डा आधारित बहसका लागि सुझाव दिनु भएको छ,’ उहाँले सन्देशमा लेख्नुभएको थियो, ‘निर्वाचनको समयमा पश्चिमा देशहरुमा यस्तो डिबेट हुने गरेको छ । म त यसका लागि तयार छु, देउवाजी नि ?’

उक्त धारणा सार्वजनिक गरेकै दिन अर्थात त्यसको केही समयपछि फेरि उहाँले कात्तिक ४ गते सर्वसाधारणसँग सम्पर्कमा हुने जानकारीसहितको सन्देश सामाजिक सञ्जालमार्फत नै सार्वजनिक गर्नुभयो । उहाँले त्यहि सन्देशमै आफ्नो फेसबुक पेजको म्यासेज बक्समा आफ्नो मोवाइल नम्बर पठाउन आग्रह समेत गर्नुभयो । ३ लाख ६२ हजार फलोअर्स रहेको उक्त पेजमार्फत उहाँले एकपछि अर्को सन्देश सार्वजनिक गरेपछि ती सन्देशको विषयलाई लिएर धेरै चर्चा भयो । दुई सन्देश सार्वजनिक गरेर उपाध्यक्ष युवराज ज्ञवालीसहित गृहजिल्ला झापा जानु भएका ओली दुई दिन झापाका विभिन्न कार्यक्रममा सहभागी भएर बिहीवार काठमाडौँ फर्किनु भयो ।

केही अस्वस्थ रहनु भएका ओली शुक्रबार करीब ११ बजेदेखि झण्डै चार घण्टा एमाले मुख्यालय च्यासलबाट पूर्वनिर्धारित सूचना अनुसार नै टेलिफोन संवादमा व्यस्त बन्नुभयो । सम्वादपछि सिधै लोकतान्त्रिक आदिवासी जनजाति महासंघले राष्ट्रियसभा गृहमा आयोजना गरेको ‘आदिवासी जनजातिसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली’ कार्यक्रममा जानु भएका ओलीले च्यासलबाटै पुनः एक सन्देश सार्वजनिक गर्नुभयो । सन्देशमा दुई लाख ९ हजार एक सय १६ जनाले सम्वादका लागि नाम टिपाएको र सबैसँग कुरा गर्न नपाएको भन्दै क्रमैसँग कुरा गर्दै जाने उल्लेख गर्नुभयो ।

सम्वादपछि सिधै लोकतान्त्रिक आदिवासी जनजाति महासंघले राष्ट्रियसभा गृहमा आयोजना गरेको ‘आदिवासी जनजातिसँग नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली’ कार्यक्रममा जानु भएका ओलीले च्यासलबाटै पुनः एक सन्देश सार्वजनिक गर्नुभयो । सन्देशमा दुई लाख ९ हजार एक सय १६ जनाले सम्वादका लागि नाम टिपाएको र सबैसँग कुरा गर्न नपाएको भन्दै क्रमैसँग कुरा गर्दै जाने उल्लेख गर्नुभयो

ओलीले एमाले मुख्यालय च्यासलबाट यो सन्देश सार्वजनिक गरेर राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा जाने तयारी गर्दै गर्दा सत्ता गठबन्धनका नेताहरु पाँचदलीय गठबन्धनले पोखरामा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्न व्यस्त थिए । गठबन्धनका सबै नेताले पोखरा पुगेर एमाले अध्यक्ष ओली र एमालेको विरोधमा समय खर्चगरिरहेका बेला ओली भने सभागृहमा आदिवासी जनजाति नेता–कार्यकर्ताका सुझाव सुनिरहनु भएको थियो ।

अरुबेला लम्मेतान भाषण गर्ने ओलीको आदिवासी जनजातिसँग चुनावलक्षित कार्यक्रमलाई सम्बोधन गर्नुअघि आदिवासी जनजातिका नेता–कार्यकर्ताले टनाटन उक्त हलमा ओलीले २१ जनाको प्रश्न ध्यानपुर्वक सुन्नुभयो । अरु बेला फटाफट आउने र भाषण गरेर निस्कने भन्दा शुक्रबारको त्यहाँको दृष्य फरक थियो । झापादेखि हुम्लासम्मका प्रश्नको गम्भीरतापूर्वक सामना गर्दै ओलीले करीब ३० मिनेट जति मन्तव्य राख्नुभयो । अरुबेला विरोधीको कटाक्ष गर्ने ओली शुक्रबार भने फरक ढंगले प्रस्तुत हुनुभयो । पोखराको कार्यक्रममा गठबन्धनका नेता माधवकुमार नेपाल, प्रचण्ड, शेरबहादुर देउवालगायतले केपी ओलीले जितेको अवस्थामा देश नै छाड्नुपर्ने अवस्था सिर्जना हुने सम्मका भ्रामक र कपोलकल्पित भाषण गर्दै गर्दा सभागृहमा भने ओलीले आफूले प्रधानमन्त्री हुँदा गरेको उपलब्धीहरुको फेहरिस्त प्रस्तुत गर्नुभयो । उहाँले एमाले सरकार बनेको तीन वर्षमा देशलाई तुइनमुक्त बनाएको र हजारौँ किलोमिटर पक्की सडक बनाएको फेहरिस्त प्रस्तुत गर्नुभयो ।

उहाँले एमाले सरकार आएपछि जहाँ पनि सडक, जहाँ पनि झोलुङ्गे र पक्की पुल बनाएको पनि उल्लेख गर्नुभयो । पहिला मान्छे तुइनमा झुन्डिँदै तरेको दृष्टान्त उल्लेख गर्दै ओलीले तीन वर्षमा देशभरि नै तुइन विस्थापित गरेको र चार सय झोलुङ्गे पुल निर्माण गरेको उल्लेख गर्नुभयो ।

एमाले सरकार आएपछि जहाँ पनि सडक, जहाँ पनि झोलुङ्गे र पक्की पुल बनाएको पनि उल्लेख गर्नुभयो । पहिला मान्छे तुइनमा झुन्डिँदै तरेको दृष्टान्त उल्लेख गर्दै ओलीले तीन वर्षमा देशभरि नै तुइन विस्थापित गरेको र चार सय झोलुङ्गे पुल निर्माण गरेको उल्लेख गर्नुभयो

सभागृहको कार्यक्रम लगत्तै शिक्षा क्षेत्रका विज्ञ र सरोकारवालासँग शिक्षा संवाद कार्यक्रममा सहभागी हुन हतारिनु भएका ओलीले त्यहाँ करीब तीन घण्टा समय विताउनुभयो । ३० मिनेटको सम्वोधनमा उहाँले आदिवासी जनजातिको मुद्धालाई समावेश नगरी मुलुक सुखी र समृद्ध बन्न नसक्ने भन्दै हिमाल, पहाड र तराई सबैतिरका आदिवासी जनतातिका समस्यालाई समाधन गर्ने गरी एमाले अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।

सम्पूर्ण जाति, जनजाति, अल्पसङ्ख्यकलाई अगाडि नबढाई ‘समृद्ध नेपाल, सुखी नेपाली’ अभियान पूरा नहुने चर्चा गर्दै अध्यक्ष ओलीले त्यहाँ भन्नुभयो– ‘एमालेको नीति बहुसङ्ख्यालाई हेरे पुग्छ भन्ने होइन, देशमा एकजनाले पनि भोको बस्नुपर्ने अवस्था हुनुहुँदैन भन्ने हो । हामी संसारले देख्ने, बुझ्ने गरी आर्थिक विकास, साँस्कृतिक विकास, भौतिक पूर्वाधारको विकास गरी विकसित देश बनाउन चाहन्छौं ।’ उहाँका ती अभिव्यक्तिमा सभागीहरु उत्साहित देखिन्थे । जनजतिका मुद्धमा आफू जानकार रहेको भन्दै ओलीले नेकपा (एमाले) को नीति सम्पूर्ण जनजाति समुदायको उत्थान र सबै सँस्कृतिको सम्मान हो भन्नुहुँदै त्यहाँ सहभागीतर्फ फर्किएर भन्नुभयो– ‘तपाईं हामी नै हौं एमाले, जनजातिका सम्बन्धमा एमालेले के गर्छ भन्ने होइन ।’

‘मेरो आफ्नै छोरोछोरी छैनन् । तर, डोम, चमार, भोटे, राइका छोराछोरी छन् । भनेपछि मेरो पार्टीको दृष्टिकोण के–होला ? मैले बाहुनका छोराछोरी ल्याएर पढाएको छैन । त्यसैले मलाई अलिअलि राई, अलिअलि डोमार, अलिअलि चमार, अलिअलि भोटे देखेहुन्छ ।’

उहाँले ‘लाईभ डिबेट’ मा हुम्लाका लिमी भ्यालीका तीन वटी छोरीलाई ल्याएर आफूले राजधानीको सुविधा सम्पन्न विद्यालयमा पढाएको स्मरण पनि गराउनुभयो । ‘मुगुमा पुगेर विद्यार्थी भर्ना अभियान चलाए र त्यहाँका बालबालिकालाई राजधानी ल्याएर सुविधान सम्पन्न विद्यालयमा आवासीय सुविधासहित पढाएको छु,’ उहाँले भन्नुभयो, ‘मेरो आफ्नै छोरोछोरी छैनन् । तर, डोम, चमार, भोटे, राइका छोराछोरी छन् । भनेपछि मेरो पार्टीको दृष्टिकोण के–होला ? मैले बाहुनका छोराछोरी ल्याएर पढाएको छैन । त्यसैले मलाई अलिअलि राई, अलिअलि डोमार, अलिअलि चमार, अलिअलि भोटे देखेहुन्छ ।’

त्यसपछि पनि उहाँ शिक्षाको बहसमा सहभागी हुनुभयो । यसरी ओली एकपछि अर्को गर्दै ‘लाईभ डिबेट’मा सहभागी हुँदै गर्दा गठबन्धन भने ओली र एमालेको विरोधमा उत्रिएका छन् । यसकारण पनि ओलीको ‘लाईभ डिबेट’ नीतिलाई सकारात्मक रुपमा हेरिएको छ । विज्ञहरुले समेत ओलीको लाईभ डिबेट’ नीतिलाई नेपालको राजनीतिमा नयाँ प्रयोगका रुपमा अथ्र्याएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *