बामपन्थी बुद्धिजीवी माणिकलाल श्रेष्ठको निधन

 

काठमाडौँ । नेपाली बामपन्थी इतिहासका प्रखर बुद्धिजीवीका साथै नेपालभाषा साहित्यिक इतिहासका प्रसिद्ध धरोहर समालोचक प्रोफेसर माणिकलाल श्रेष्ठको ८९ वर्षको उमेरमा निधन भएको छ।

केही वर्षयतादेखि बिरामी रहनुभएका उहाँलाई एक महिनाअघि अशक्त अवस्थामा ललितपुरको नख्खुमा रहेको मेडिसिटी अस्पतालमा भर्ना गरिएको थियो।

त्यहाँ धेरै दिन भेन्टिलेटरमा राखेर उपचार गरिएको र स्वास्थ्य झन् झन् बिग्रिएपछि काठमाण्डौको गङ्गालाल अस्पतालमा पठाइएको थियो । उहाँको गङ्गालाल अस्पतालमा आज बिहान निधन भएको परिवारले जानकारी दिएको छ ।

विद्यावारिधि गरेका सयौँ अध्येताहरुका मार्गनिर्देशक रहनुभएका उहाँ अन्तर्राष्ट्रिय कानुनका व्याख्याता पनि हुनुहुन्थ्यो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *