काँग्रेस नेता कोइरालाको निधन

maitrinews

 

विराटनगर । नेपाली कांग्रेस मोरङका पुराना नेता अशोक कोइरालाको निधन भएको छ । निमोनियाबाट पीडित कोइरालाको उपचारका क्रममा विराटनरको न्यूरो अस्पतालमा गएराति निधन भएको हो ।

७७ वर्षीय कोइराला मोरङ कांग्रेसको १९ वर्ष सभापति हुनुहुन्थ्यो । उहाँ प्रजातन्त्र पुनःस्थापनापछि तत्कालीन विराटनगर उपमहानगरपालिकाका पहिला मेयर, राष्ट्रिय सभा सदस्य र संविधान सभा सदस्य पनि हुनुभएको थियो ।