नेपाल—खनाल समूहको निश्कर्ष, अलग हुने अवस्था रहेन

 

काठमाडौँ । पार्टीले दिएको निर्देशनविपरीत दुईदिने गुटगत भेला गरेका नेकपाको नेपाल—खनाल समूहले पार्टीलाई गतिशील, एकताबद्ध गर्ने साथै सबै पक्षबाट भएका कमीकमजोरी हटाई सुध्रिनपर्नेमा जोड दिएको छ ।
प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूहरुलाई किनारा लगाउन खोजेको दावी गरेको सो समूहले आफ्नो तर्फबाट पनि कमीकमजोरी भएको स्वीकार गरेको छ । प्रधानमन्त्री ओलीविरुद्ध दबाब सिर्जना गर्न भनी आयोजित भेलाले पार्टीमा अलग भएर जाने अवस्था नभएको निश्कर्ष निकालेको छ ।
भेलामा सहभागी भएका अधिकांश नेता तथा कार्यकर्ताले पार्टीको नेतृत्व तहमा बसेका नेताहरुले आफ्ना कमीकमजोरीप्रति आत्मालोचना गरी पार्टीलाई एकबद्ध बनाएर राष्ट्र र जनताको पक्षमा परिचालन गर्नुपर्ने बताए ।
पार्टीलाई कमजोर बनाउने काम कहीँकतैबाट हुन नहुने भन्दै हाल पार्टीमा देखिएको विवाद, आरोप प्रत्यारोपले पार्टीलाई क्षति पुगकाले अब यस्ता गतिविधि बन्द गरी सहमतिका आधारमा पार्टीलाई अगाडि बढाउन सहभागीहरुले आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *