गुटगत प्रस्ताव अस्वीकार्य : प्रधानमन्त्री

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको एमाले संसदीय दलको बैठकमा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षबाट असहमति पत्र लिएर पुगेका तीन सांसदलाई प्रधानमन्त्री ओलीले व्यक्तिगत गुनासोमात्रै आफूले सुन्ने तर गुटगत प्रस्ताव नसुन्ने बताउनुभएको छ ।

नेपाल समूहले लगेका ३८ सांसदको हस्ताक्षर रहेको पत्र बुझ्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो ।

‘गुटगत प्रस्ताव स्वीकार्य हुँदैन, केही गुनासाहरु छन् भने व्यक्तिगत रुपमा आउनुहोस्’, प्रधानमन्त्री ओलीले भन्म्नुभयो ।