बारामा होली खेल्ने क्रममा झडप, एक महिलाको मृत्यु , ६ घाइते

maitrinews

 

बारा । कलैया उपमहानगरपालिका–२३ भतौडामा होली खेल्ने क्रममा भएको विवादका क्रममा झडप हुँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय ६५ वर्षीया सन्जा देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

सोमबार भएको झडपमा अन्य ६ जना सामान्य घाइते भएका छन् । स्थानीय गिर्जा देवी, रामदेव शाह, राजेश साह, विन्देशवर साह, अम्बिका साह, रामप्रसाद साह सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।
घटनाबारे अनुसन्धानका लागि प्रहरीले चार जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिनुभएको छ ।