द्रुत मार्गको सुरुङ र पुलसम्बन्धी टेन्डर खारेज गर्न निर्देशन

 

काठमाडौँ । संघीय प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले काठमाडौं तराई द्रुतमार्गको सुरुङखण्ड र पुल निर्माणको दोस्रो प्याकेजको टेन्डरसम्बन्धी काम खारेज गर्न निर्देशन दिएको छ।

समितिको आज बसेको बैठकले आर्थिक प्रतिस्पर्धा नहुने भन्दै नेपाली सेनालाई दोस्रो प्याकेजको टेन्डर प्रक्रिया खारेज गर्न निर्देशन दिएको हो।
पूर्वयोग्यता छनोट गर्दा चीनको पोली चांग्दा इन्जिनियरिङ कम्पनी लिमिटेड मात्रै टेन्डर हाल्न योग्य देखिएपछि आर्थिक प्रतिस्पर्धा नहुने समितिले ठहर गरेको हो।

नेपाली सेनाले सुरुङमार्ग निर्माणलाई दुई प्याकेजमा बाँडेको थियो। जसअन्तर्गत कम्पनीहरुको पूर्वयोग्यता पास हुने कम्पनीलाई मात्रै बोलपत्रमा सहभागी गराउनुपर्ने कानुनी व्यवस्थाअनुसार काम अघि बढाएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *