हात्तीले आक्रमण गर्दा पाँच गैंडा गणक घाइते, हेलिकोप्टरबाट उद्धार
कावासोती । पूर्वी नवलपरासीको मध्यबिन्दु नगरपालिका २ गैंडाखालमा गैंडा गणनाको क्रममा हात्तीले आक्रमण गर्दा पाँच जना घाइते भएका छन् ।
गैंडा गणनामा खटिएका कर्मचारी र माउते गरी पाँच जना घाइते भएको गणनामा संलग्न हेमराज आचार्यले जानकारी दिनुभयो । गैंडा गणना गर्ने क्रममा जंगली हात्तीले गणनामा खटिएको हात्तीलाई घेरा हाल्दा गणनामा खटिएको हात्ती डराएर भाग्ने क्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी , ३५ वर्षका विनोद श्रेष्ठ र दुई जना माहुते सर्लाही जिल्लाको हरिपुर नगरपालिका ७ का ४२ वर्षका दीपेन्द्र चौधरी र रौटहट चन्दनपुर नगरपालिका ७ निवासी ५१ वर्षका देवलाल चौधरी घाईते भएको उहाँले बताउनुभयो ।
घाइते मध्ये श्रेष्ठको अवस्था गम्भीर छ । उहाँको जिल्ला अस्पताल मध्यबिन्दुमा सामान्य उपचारपछि हेलिकोप्टरमा उद्धार गरेर काठमाडौं लगिएको छ ।
