कर्णालीमा शाही सरकार धरापमा, एमालेका सबै मन्त्रीले राजीनामा दिँदै
कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार धरापमा परेको छ। प्रमुख सत्ता साझेदार नेकपा एमालेले साथ छोडेपछि शाहीको सरकार अल्पमतमा परेको हो।
आज एमाले बसेको संसदीय दलको बैठकले नयाँ सरकार गठनका लागि शाहीलाई आग्रह निर्णय गरेपछि उहाँ अल्पमतमा पर्नुभएको हो ।
नयाँ सरकार बनाउन एमालेले आफ्ना मन्त्रीहरूलाई सामूहिक राजीनामा दिन लगाएको छ।
