गीतकार भरत बमजनको २३ बर्ष पुरानो खुशी

काठमाडौं। गीतकार भरत बमजनको २३ बर्ष पुरानो हिट गीतको भिडियोले दुई बर्षमा एक लाख क्लबमा प्रवेश पाएको छ। दुई बर्षअघि निर्माण भएको बैगुनी रहिछौ मायालु बोलको हिट गीत एक लाख क्लबमा पुगेको हो।

नेपाली गीत–संगीतको क्षेत्रमा बेग्लै शालिन तथा सौम्य पहिचान कायम गर्दैआएका गीतकार बमजनको गीतको भिडियोले एक लाख क्लबमा प्रवेश पाएकोमा खुशीयाली मनाएको छ। गीतकार बमजनकै प्रमुख आतिथ्यतामा केक काटेर खुशीयाली मनाउने कार्य भएको छ।

चर्चित गायक राजेशपायल राईको स्वर तथा बसन्त मुकारुङको संगीत रहेको गीतको भिडियोमा श्रीदेव भट्टराई, पुरुषोतम सानु र बर्षा चौलागाइको बेजोड अभिनय रहेको छ।

गीतकार बमजनको चार दशक लामो निरन्तर गीत लेखनको सिर्जनात्मक यात्राको टर्निङ प्वाइन्टको रुपमा रहेको यही गीत गायन पश्चात गायक राजेशपायल राईको सांगीतिक यात्राले अग्रता पाएको मानिएको छ। गीतको भिडियो निर्देशन दीपक समिरले गरेका हुन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *