कोरोना संक्रमण देखिएका विद्यालय एक साता बन्द गरिने

maitrinews

 

काठमाडौं । विद्यार्थी वा शिक्षकमा कोरोना भाइरस संक्रमण पुष्टि भएका काठमाडौँ महानगरपालिकाभित्रका विद्यालय बन्द हुने भएका छन् ।
काठमाडौँ महानगरपालिकाले संक्रमण पुष्टि भएका विद्यालयलाई एक साताका लागि बन्द गर्न दिने निर्णय गरेको हो ।
पििछल्ला दिनमा कोरोना संक्रमण बढेपछि स्वास्थ्य मन्त्रालयले काठमाडौँलगायत कोरोना प्रभावित १४ जिल्लाका विद्यालय बन्द गर्न आग्रह गरेको छ ।