बेलायती राजकुमारको राजकीय सम्मान सहित अन्तिम संस्कार
लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाका श्रीमान् राजकुमार फिलिपको अन्त्येष्टि गरिएको छ । स्वर्गीय राजकुमार फिलिपको महारानीप्रतिको ‘अविचलित बफादारी, राष्ट्रप्रतिको सेवा र साहस’ झल्कने गरी विशेष समारोहबीच शनिबार लण्डन नजिकै विन्डसर क्यासलमा अन्त्येष्टि गरिएको हो।
कोरोन भारइससम्बन्धी ब्रिटिस सरकारले लागू गरेको नियमअनुसार डुक अफ एडिनबरा फिलिपको अन्तिम संस्कारमा शाही परिवार सदस्य तथा नातेदार गरी ३० जना मात्र सहभागी भएका थिए । राजकुमार फिलिपको अप्रिल ९ मा ९९ वर्षको उमेरमा निधन भएको थियो । फिलिपको जन्म सन् १९२१ जुन १० मा ग्रीसको कोर्फु द्वीपमा भएको थियो । उनी ग्रिसका राजकुमार एन्ड्र्यु र बाटेनवर्गकी राजकुमारी एलिसका एकमात्र छोरा थिए।
बेलायतकी महारानीसँग ७ दशकभन्दा लामो वैवाहिक जीवन सँगै बिताएका फिलिप र महारानीले विश्वका सयौं राजकीय भ्रमण गरेका थिए। सन् १९५२ देखि अवकाश नलिँदासम्म झन्डै २२ हजार त्यस्ता कार्यक्रममा सहभागी भएका थिए ।
