भारतमा भयावह बन्यो कोरोना संक्रमण

maitrinews

 

नयाँदिल्ली । भारतमा लगातार दोस्रो दिन ३ लाखभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो २४ घण्टामा ३ लाख ३२ हजार ५०३ जना कोरोना संक्रमण पुष्टि भएको हो।
यसअघि बिहीबार पनि २४ घण्टाभित्र ३ लाख १५ हजार संक्रमित थपिएका थिए।
यस्तै पछिल्लो २४ घण्टामा अहिलेसम्मकै बढी दैनिक मृत्यु दर २ हजार २ सय ५६ संक्रमितको मृत्यु भएको छ।

पछिल्लो २४ घन्टाको तथ्यांकसमेत भारतमा कोरोनाबाट संक्रमण भएका व्यक्तिको संख्या १ करोड ६२ लाख ५७ हजार ३०९ पुगेको छ।

यस्तै भारतमा कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको संख्या १ लाख ८६ हजार ९ सय २८ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

भारतमा पछिल्लो १० दिनयता कोरोना संक्रमणले दैनिक हजारभन्दा बढी मानिसको मृत्यु भइरहेको छ। पछिल्लो १० दिनभित्र मात्रै १५ हजार संक्रमितको मृत्यु भएको छ।