प्रधानमन्त्रीको खुलासा माधव नेपालको अहंकारका कारण एकै ठाउंमा बस्ने नसकिने
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाल पक्षसँग अब एकै ठाउँमा बस्न सकिने अवस्था नरहेको भन्दै उनीहरुमाथि जस्तोसुकै कारबाही हुने खुलासा गरेका छन्।
ईमेज टेलिभिजनको हटसिटमा जगदीश खरेलसँगको अन्तरवार्ता कार्यक्रममा प्रधानमन्त्री ओलीले माधव नेपालको अहंकारसँगै बस्न नसक्ने मुख्य कारक रहेको जिकीर गरेका छन्। प्रधानमन्त्री ओलीले आफ्नो चाहना बाँकी कार्यकाल पूरा गर्ने भए पनि देशको आवश्यकता तत्काल चुनाव भएकाले मुलुक त्यतैतिर जाने दाबी पनि गरेका छन्।
सरकारविरुद्ध कुनै पनि बेला अविश्वास प्रस्ताव आउन सक्नेतर्फ सचेत रहेको र त्यसका लागि आफू तयार रहेको अन्तरवार्ताका क्रममा प्रधानमन्त्री ओलीले भनेका छन्।