पश्चिम बङ्गालको चुनावमा मोदीको दल पराजित

 

भारत । कोरोनाभाइरस सङ्क्रमण र मृत्युका घटना हालसम्मकै उच्च देखिएको बेला भारतमा गरिएको एउटा महत्त्वपूर्ण चुनावमा प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी पराजित भएको छ।

भारतीय जनता पार्टी भाजपाले पश्चिम बङ्गाललाई आफ्नो चुनावी अभियानको मुख्य केन्द्र बनाएको थियो।

पश्चिम बङ्गालको २९२ सिटमध्ये २०८ तृणमूल कांग्रेसले जितेको छ।

मोदीको दल आसाममा विजयी भए पनि अन्यत्र उल्लेख्य उपलब्धि हासिल गर्न विफल भएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *