त्रिवि शिक्षण अस्पतालमा कोविड उपचार–मेयर तथा उपमेयरवाट अवलोकन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जको नयाँ भवनमा कोविड उपचार कक्ष बनेको छ। अस्पतालका कार्यकारी निर्देशक प्रा. डा. दिनेश काफ्लेका अनुसार, क्यान्सर उपचारका लागि निर्माण गरिएको सुरेश वाग्ले क्यान्सर सेन्टरलाई अहिलेका लागि कोविड उपचार कक्षको रुपमा विकास गरिएको छ । यसको क्षमता १ सय ४० वेडको हो।

बुधवारवाट ४० वटा वेड कोविड उपचारका लागि सञ्चालनमा आइसकेको डा.काफ्लेले भनेका छन्। कोविडको समस्या बढ्दै गयो भने यस कक्षसँग गणेशमान भवन (सघन उपचार कक्ष भएको) लाई जोडेर सेवा विस्तार गर्दै लाने जानकारी पनि डा.काफ्लेले बताएका छन्।

यसैवीच त्रिवि शिक्षण अस्पतालमा कोविड उपचार कक्ष बनेपछि त्यसको अवलोकन भ्रमण गर्ने कार्य काठमाडौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठवाट भएको छ। साथमा महाराजगञ्जस्थित वडा नंबर ३ का वडा अध्यक्ष दीपक केसीको समेत सहभागिता रहेको थियो।

कोविड उपचार पद्धतिको अभ्यास र नयाँ तयारीका बारेमा स्थलगत अवलोकन गराउने कार्य डा.काफ्लेले गरेका थिए । त्यस क्रममा आकस्मिक कक्ष, कोविड उपचार कक्ष, सघन उपचार कक्षको निरीक्षण गरिएको थियो ।

अस्पतालका सूचना अधिकारी रामविक्रम अधिकारीकाअनुसार अस्पतालले हाल २ सय ५० वडा वेड कोविडका विरामीका लागि छुट््याएको छ । यीमध्ये २१८ जना विरामीले उपचार गराइरहेका छन् । काठमाडौं महानगरपालिकाको सहयोगमा अस्पतालमा कोविड उपचारका लागि ५ सय वटा वेड पु-याउने योजनाबमोजिम काम भैरहेको महानगरपालिकाले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *