प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाउनु भएको एमाले स्थायी कमिटी बैठक बस्दै
काठमाडौं । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित निवासमा मध्यान्ह १२ बजे बोलाउनु भएको स्थायी कमिटीको बैठक अहिले बसीरहेको जानकारी प्राप्त भएको छ ।। बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले बताउनुभयो । यसअघि ८ जेठमा बसेको स्थायी कमिटीले माधव नेपाल पक्षका ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण बुझाउन भनेर दिइएको समयअवधि पूरा भएकाले सोमबारको स्थायी कमिटीको बैठकले थप महत्वपूर्ण निर्णय लिन सक्ने अनुमान छ । बैठकमा चुनावको घोषणाविरुद्ध विपक्षी गठबन्धनको कसरत र पार्टीको आन्तरिक विवादबारे छलफल हुने एक नेताले बताए ।