प्रधानमन्त्री जोनसनको तेस्रो बिहे

maitrinews

 

लण्डन। बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले आफ्नी प्रेमिका क्यारी सिमोन्डसँग विवाह गर्नुभएको छ ।

प्रधानमन्त्री जोनसनले वेष्टमिनिस्टर क्याथेड्रलमा एक गोप्य समारोहकाबीच विवाह गर्नुभएको हो । प्रधानमन्त्री जोनसनको विवाहमा निकट मित्रहरु र परिवारका सदस्यहरु मात्रै उपस्थित थिए ।
५६ वर्षीय प्रधानमन्त्री जोनसन ३३ वर्षीया प्रेमिका सिमोन्डबीच विवाह भयो । यसअघि गरेका दुइटा विवाह डिभोर्समा टुंगिएपछि बोरिसले सिमोन्ड्सलाई विवाह गर्नुभयो। उहाँहरुबीच सन् २०१८ देखि नै सम्बन्ध रहेको थियो । आफ्नो सम्बन्धबारे सन् २०२० मा मात्रै खुलासा भएको थियो । गत वर्षको अप्रिलमा सिमोन्ड्सले छोरा जन्माएको बताइएको छ।