चीनमा अब तीन सन्तान नीति

 

चीन । चीनमा अब एक जोडीले ३ वटासम्म सन्तान जन्माउन सक्नेछन्। चिनियाँ राष्ट्रपति सी चिनफिङले अध्यक्षता गरेको चिनियाँ कम्युनिस्ट पार्टीको पोलिटब्युरो बैठकले त्यहाँ एक जोडीले ३ सन्तान जन्माउन सक्ने नीति कार्यान्वयनमा ल्याएको हो।

चीनमा युवाभन्दा बढी वृद्धवृद्धाको जनसंख्या बढी भएको हालैको जनगणनाले देखाएको थियो।

साथै त्यहाँ महिलाभन्दा पुरुषको जनसंख्या बढी भएकाले विवाहको लागि पुरुषले महिला पाउन निकै गाह्रो भएको बताइएको थियो।

यो नीतिले जनसंख्या बढ्ने र चिनियाँ जनसंख्याको ढाँचामा सुधार आउने चीन सरकारको अनुमान छ।

यसअघि चीनमा एक सन्तानको नीति थियो। जसकाकारण चीनको जनसंख्यामा भारी कमी आएको थियो।

तर सन् २०१६ यता चीनमा एक जोडीले २ वटा सन्तान जन्माउन पाउने नियम बनाइएको थियो। जनसंख्यामा सुस्त वृद्धि देखिएपछि फेरि ३ सन्तानको नीति लागू भएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *