चीनको सिनोभ्याक खोपलाई डब्ल्यूएचओको अनुमति

 

चीन । विश्व स्वास्थ्य सङ्गठनले चीनको सिनोभ्याक कम्पनीको कोभिड खोपलाई आपत्‌कालीन प्रयोगको अनुमति दिएको छ।
डब्ल्यूएचओको अनुमति पाउने यो दोस्रो चिनियाँ खोप हो।

अब विश्वभरि खोप वितरणका निम्ति स्थापित कोभ्याक्स कार्यक्रमले यो खोप पनि प्रयोग गर्ने ढोका खुलेको छ।

सिनोभ्याक कम्पनीले बनाएको खोपलाई १८ वर्षमाथि उमेरका मानिसहरूलाई लगाउन मिल्ने सिफारिस गरिएको छ।
यो खोप पनि दुईदेखि चार साताको अन्तरालमा दुई मात्रा लगाउनुपर्छ।

आपत्‌कालीन प्रयोग अनुमतिको अर्थ उक्त खोपले सुरक्षा, प्रभावकारिता तथा उत्पादनुका अन्तर्राष्ट्रिय मापदण्ड पूरा गरेकोडब्ल्यूएचओले जनाएको छ।

अध्ययनहरूका अनुसार सिनोभ्याकको खोपले खोप लगाएकाहरूमध्ये आधाभन्दा धेरै मानिसमा लक्षणसहितको बिमारी रोक्ने अनि शतप्रतिशत मानिसमा गम्भीर बिमारी र अस्पताल भर्ना हुनुपर्ने अवस्था रोक्ने पाइएको उसले जनाएको छ।

सिनोभ्याकको यो खोप चीनका अतिरिक्त चिली, ब्राजिल, इन्डोनेशिया, मेक्सिको, टर्की र थाइल्यान्डमा यसअघि नै लगाउन थालिसकिएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *