प्रधानमन्त्री ओलीको आह्वानलाई नेपाल पक्षले गम्भीरतापूर्वक लिएन

maitrinews

 

काठमाडौँ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताका लागि आह्वान गरेपछि बसेको माधवकुमार नेपाल खेमाका नेताहरूको बैठकले उक्त आह्वान इमान्दारिपूर्वक एकताको पक्षमा नरहेकोु निष्कर्ष निकालेको नेता वेदुराम भुसालले बताउनुभएको छ ।
बैठक पछि उहाँले भन्नुभयो, नेकपा हुँदाको केन्द्रीय कमिटिका एकताको पक्षमा रहेका नेताहरूलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटी क्रियाशील बनाउने भन्नुभएको छ, त्यो भनेर वहाँ एमालेमा फर्कन चाहनुभएन नेकपाबाट अघि बढ्न खोज्नुभयो।

माधवकुमार नेपाल पक्षका नेताहरूले एकतापूर्वको अवस्था अर्थात् २०७५ जेठ २ गते फर्कनुपर्ने माग गर्दै आएकामा ओलीको आह्वानमा एमालेलाई २०७५ जेठ ३ अघिको अवस्थाबाट अगाडि बढाइने बताइएको छ।
प्रधानमन्नी ओलीले एकताका लागि आह्वान गर्नुभएको ६ बुँदे प्रस्तावलाई धेरैले सकारात्मक रुपमा लिए पनि पार्टी विभाजन गर्नतर्पm लागेको नेपाल पक्षले गम्भीरतापूर्वक लिएन ।