न्युयोर्कमा प्रोफेसर गुप्ताको स्वागत

 

न्युयोर्क । गिरिजाप्रसाद कोइराला फाउन्डेशन अमेरिकाको कार्यालय न्युयोर्कमा एक ऐतिहासीक भेटघाट एवं छलफल कार्यक्रम सम्पन्न भएको छ।
प्रोफेसर रूचीरा गुप्तालाई गिरीजा प्रसाद कोईराला फाउण्डेशन अमेरिका च्याप्टरका अध्यक्ष सोमनाथ घिमीरेले कार्यालयमा स्वागत गर्नुभयो।भारतको विहार फरवेसगंज घर भै एक उच्च राजनैतिक घरानामा हुर्कनुभएकी रूचीराले वाल्यकालवाटै वहाँको परीवारको नेपाल र नेपाली काँग्रेस पार्टीका नेताहरूसँग घनिष्ठ सम्बन्ध रहेको कुरा प्रष्ट्याउनुभयो।वहाँले स्वर्गीय विपी कोईराला, कृष्णप्रसाद भट्टराई,गणेशमान सिंह,गिरिजाप्रसाद कोईराला,मंगलादेवी सिंह,चक्र वास्तोला,दुर्गा सुवेदी लगायत नेताहरू लामो समयसम्म आफ्नो घरमा आउजाउ गरेको,राणाकाल र पंचायतकालमा आफ्नो घर विहारको फार्वेसगंज नै नेपाली कांग्रेसको सम्पर्क कार्यालय भएको र पछी गएर कोलकातामा रहेको आफ्नै घर मार्वल हाउसलाई नै पार्टी कार्यालय बनाउन दिएको ,आफ्ना पिता वालकृष्ण गुप्ताले गिरीजाप्रसाद कोईरालालाई ठुलो साथ र सहयोग गरेको,महत्वपूर्ण भेटघाट र मिटिंगहरू आफ्नै घरमा भएको ,नेपाली कांग्रेसले गरेको ऐतीहासीक प्लेन हाईज्याकको योजना आफ्नै घर फार्वेसगंजमा बनेको, चक्र वास्तोला र दुर्गा सुवेदीले प्लेन हाईज्याक गर्दा गिरिजावावु आफ्नै घरवाट एयरपोर्ट पुगेको,मंगलादेवीले आफुलाई डेमोक्रेसी र महिला हक एवं समानताको लागी लडन प्रेरित गरको ज्युँदो इतिहास सरल ढंगले प्रष्ट्याउनुभयो।

वहाँ हाल अमेरीकाको प्रतिष्ठित युनिभर्सिटी न्युयोर्क युनिभर्सिट्को प्राध्यापक समेत हुनुहुन्छ।आफ्नो जीवनकालमा वीसौं वर्ष मानवाधिकार र समनताका लागी लडीरहेको वताउनुहुने प्राध्यापक गुप्ताले धेरै वर्षसम्म संयुक्त राष्ट्रसंघमा रही विभिन्न एशियन,युरोपियन र अफ्रीकी राष्ट्र घुमी त्यहाँको जनजीवन,मानवीय अवस्था र राजनिती प्रत्यक्ष भोगेको र देखेको अनुभव सुनाउनुभयो। आफुले दर्जनौंपटक नेपाल घुमेको, नेपाली राजनीतिज्ञसँग संगत गरेको,कोईराला खान्दान लगायत नेपाली काँग्रेसका उच्चस्तरीय नेताहरूसँग लामो उठवस गरेको र नेपाल आफ्नै घर सम्झेको मीठो अनुभुती र ईतिहास स्मरण गराउनुभयो। आज स्वर्गीय गिरिजावावुको नाममा स्थापित फाउन्डेशनको कार्यालयमा आउँदा भावुक हुँदै इतिहासको वेलिविस्तार लगाउनुभयो।वहाँले वर्तमान नेपालको राजनैतिक अस्थिरताले उव्जाएको संकटवारे चिन्ता गर्दै ऐतिहासिक पार्टी नेपाली काँग्रेसले नेतृत्व लिई देशलाई निकास देवोस् भन्ने आफ्नो चाहना रहेको वताउनुभयो।
फाउन्डेशनका अध्यक्ष घिमीरेले वहाँजस्तो ज्युँदो इतिहासलाई कार्यालयमा स्वागत गर्नपाउँदा आफु गौरवान्वित भएको र आगामी दिनहरूमा वहाँको सुझाव,अनुभव र विद्दताको खाँचो आफुलाई भएको वताउनुभयो।फाउन्डेशन अमेरिकाका प्रवक्ता रामचन्द्र अधिकारीले आगामी दिनहरूमा नेपाल र नेपाली जनताको जनस्तर उकास्न फाउन्डेशनले वहां जस्तो विद्वान र अनुभवीको सहयोगको अपेक्षा गरेको वताउनुभयो।उपाध्यक्ष सुवर्ण लामाले वहाँलाई कार्यालयमा आई अनुभव बाँडीदिनुभएकोमा प्रसन्नता व्यक्त गर्दै धन्यवाद ज्ञापन गर्नुभयो। फाउन्डेशनका केन्द्रीय सदस्य सुर्य सिंखडा,प्रेम क्षेत्री अधिकारी,ध्रुव कुँवर क्षेत्री र आमन्त्रित केन्द्रीय सदस्य अम्वीर जोसी एवं सदस्यहरू जीवन गुरूंग र लोकेन्द्र कार्कीले आफ्नो परिचय दिँदै वहाँलाई भेटन पाउनु आफुहरूको अहोभाग्य भएको र अनुभव सुन्न पाउँदा अत्यन्त उत्साहित भएको वताउनुभयो।
कार्यक्रममा फाउन्डेशनका आमन्त्रित केन्दीय सदस्य अम्बिर जोशीलाई अध्यक्ष घिमिरेले कार्यालयमा खादा लगाई स्वागत गर्नुभएको थियो।
फाउन्डेशनको आतिथ्यता प्रती प्रसन्नता व्यक्त गर्दै प्राध्यापक रूचिरा गुप्ताले आगामी दिनहरूमा मिलेर कामगर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *