भारतमा एकैदिन कोरोनाबाट ६ हजार १३८ जनाको मृत्यु
नयाँदिल्ली। भारतमा कोरोना भाइरसबाट अप्रत्याशित तरिकाले कोरोना संक्रमितको ज्यान गएको छ । बुधबार एकैदिन अहिलेसम्मकै सबैभन्दा बढी ६ हजार १३८ जनाको ज्यान गएको छ ।
यो तथ्यांक कुनै पनि देशको एकैदिनको सबैभन्दा बढी हो । गत १७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ हजार ५३० जनाको ज्यान गएको थियो । तर बुधबार त्यो तथ्यांकलाई पनि मात खुवाउने गरी मृतक बढेका छन् ।
मंगलबारसम्मका एक हप्ता मृतक पनि घट्दै गइरहँदा बुधबार भने एक्कासी मृतक बढेका हुन् । मंगलबार २ हजार २२२ जनाको ज्यान गएको थियो । सोमबार २ हजार ११५ जनाको ज्यान गएको थियो । आइतबार २ हजार ४४४ जनाको ज्यान गएको थियो । शनिबार २ हजार ६८१ जनाको ज्यान गएको थियो ।
योसँगै भारतमा अहिलेसम्म ३ लाख ५९ हजार ६९५ जनाको ज्यान गइसकेको छ ।
कोरोना भाइरसको महामारीविरुद्धको एक मात्र विकल्प रहेको खोप भारतले तीव्र रुपमा लगाइरहेको छ । अहिलेसम्म भारतमा २३ करोड ९० लाख ५८ हजार ३६० जनाले खोप लगाएका छन् ।
खोप लगाएकामध्ये कुल जनसंख्याको ३।५ प्रतिशतले दुवै डोज लगाए भने १४।४ प्रतिशतले कम्तीमा एक डोज लगाएका छन् ।
त्यस्तै भारतमा कोरोना भाइरसका संक्रमितहरु तीव्र रुपमा घटिरहेका छन् । बुधबार १ लाख ४८ हजार ९५१ जनालाई निको भएको छ । मंगलबार १ लाख ६२ हजार २८० जनालाई निको भएको थियो । सोमबार १ लाख ८५ हजार ७४७ जनालाई निको भएको छ । आइतबार १ लाख ७३ हजार ८३१ जनालाई निको भएको थियो ।
१७ मेमा अहिलेसम्मकै सबैभन्दा बढी ४ लाख २२ हजार २५७ जना संक्रमितलाई निको भएको थियो । अहिलेसम्म भारतमा २ करोड ७६ लाख ४५ हजार २२५ जना संक्रमित कोरोनामुक्त भएका छन् ।
